काठमाडौं, १ मंसिर–नेकपा (एकीकृत समाजवादी) ले यहि मंसिर १६ गते आईतबार सम्पन्न हुने उप–निर्वाचनको लागि १३ जना उम्मेदवार टुंगो लगाएको छ।
मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, जिसस प्रमुख र वडाध्यक्षगरी रिक्त ४४ पदमा हुन लागेको उप–निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) ले अहिलेसम्म १३ जना उम्मेदवार टुंग्याएको हो।
पार्टीको तल्लो कमिटीबाट नाम आउने क्रम जारी रहेकाले आज बेलुकासम्ममा उम्मेदवार टुंगो लागिसक्ने एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले बताए।
उपनिर्वाचनमा समाजवादी मोर्चामा आबद्ध रहेका दलहरुसँग चुनावी तालमेलको छलफल चलिरहेकाले सबै ठाउँमा उम्मेदवार नटुंगाएको उपमहासचिव रामकुमार भट्टराईले बताए।
मंसिर १६ गते आइतबार सम्पन्न हुने उप–निर्वाचनको लागि भोलि (आइतबार) उम्मेदवारी दर्ता हुँदैछ।
कहाँ को उम्मेदारः
कोशी प्रदेशः
मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष- दिलबहादुर विश्वकर्मी
सुनसरीको गढी गाउँपलिका वडा नं ६ वडाध्यक्ष- डोमी उराव
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ वडाध्यक्ष– निर्मला चौधरी
मधेश प्रदेश
धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ वडाध्यक्ष– गोपालीसाह
रौतहटको गढीमाइ नगरपालिका वडा नं ८ वडाध्यक्ष– वजरंगीप्रसाद यादव
रौतहटको ईशनाथ नगरपालिका वडा नं ७ वडाध्यक्ष– सदरे आलम
बागमती प्रदेशः
नुवाकोटको ककनी गाउँपालिका वडा नं २, वडाध्यक्ष–मानबहादुर लामा
मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२,वडाध्यक्ष– बलराम बल
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष– रविना खड्का
काठमाडौं महानगरपालिका १६ वडाध्यक्ष– मिनबहादुर मानन्धर
कीर्तिपूर नगरपालिका ४, वडाध्यक्ष– रिता खड्का
सुदुरपश्चिम प्रदेशः
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष– जवा शाही
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६, वडाध्यक्ष– जीतेन्द्र चन्द्र
