दमक, ६ मंसिर–किराँत याक्थुङ चुम्लुङ दमक नगर समितिको ११औं नगर अधिवेशन मंसिर ७ र ८ गते हुने भएको छ । दमकस्थित किराँत भवनमा तेस्रो अधिवेशनको उद्घाटन भोली (शुक्रबार) र शनिबार हुने बन्द सत्रले आगामी नेतृत्व चयन गरिने किराँत याक्थुम चुम्लुङ नगर अध्यक्ष देबेन्द्रराज चेम्जोङले जानकारी दिनुभयो ।
आज (बिहिबार) होटल जोर्बामा पत्रकार सम्मेलन गरेर चुम्लुङ दमक नगर समितिले ११औं अधिवेशनको तयारी पुरा भएको समेत जानकारी गराएको हो । चुम्लुङ नगर अध्यक्ष चेम्जोङले दमकको वडा नम्बर ४ बाहेक सवै वडाहरुको अधिवेशन सम्पन्न भई प्रतिनिधिहरु चयन भएको जानकारी गराए ।
सो अधिवेशनको उद्घाटन चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेन लिम्बुले गर्ने छन् । त्यस्तैं, अधिवेशनको उद्घाटन समारोहमा याक्थुम चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाक्क, आदिवासी जनजाति महासंघ झापाका नेतृत्व, बिभिन्न जातिय संघसंस्थाका प्रतिनिधिहरु, लिम्बूजन्य राजनीतिक दल (पार्टी) का प्रमुख तथा प्रतिनिधिहरुलाई समेत आमन्त्रण गरिएको छ ।
पत्रकार सम्मेलनमा चुम्लुङका नगर अध्यक्ष चेम्जोङले दमकका वडामा अधिवेशन सम्पन्न भएको र नगर समितिको अधिवेशनले आगामी तीन बर्ष कार्याकालका लागि नयाँ नेतृत्व चयन गर्ने बताउनुभयो । सो अधिवेशनमा दमक नगरभरीबाट ७० जना प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता हुने पत्रकार सम्मेलनमा चुम्लुङ दमक अध्यक्ष चेम्जोङले जानकारी दिनुभयो ।
अधिवेशन सम्पन्न गर्न किराँत याक्थुम चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाक्क संयोजक रहेको निर्वाचन समिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
सोही समारोहमा किराँत याक्थुम चुम्लुङ दमक नगर समितिलाई विशेष योगदान पुरयाउने र लिम्बु समुदायका अग्रज ज्येष्ठहरुलाई सम्मान समेत गरिने अध्यक्ष चेम्जोङले जानकारी दिनुभयो । छ । त्यस्तैं, दमकभरीका लिम्बू समुदायबाट कक्षा ११ र १२ उत्तीर्ण गर्ने लिम्बू विद्यार्थीहरुलाई पुरस्कृत गरिने अध्यक्ष चेम्जोङले बताउनुभयो ।
पत्रकार सम्मेलनमा चुम्लुङ जिल्ला समिति झापाका सल्लाहकार तथा पत्रकार विष्णु आङदेम्बे, दमक नगर समितिका उपाध्यक्ष लगायतका उपस्थिति थियो ।
