धनकुटा, १६ मंसिर । धनकुटाको शहिदभूमी गाउँपालिका–३ मा विद्यालयबाट घर फर्किदै गरेकी एक बालिकाको भीरबाट लडेर मृत्यु भएको छ । सहिदभूमी–४ पिप्लेस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयकी ५ वर्षीया छात्रा अनुष्का राईको मृत्यु भएको हो ।

प्रहरीका अनुसार राई शनिबार अपरान्ह ५ बजे साथीहरुसँग घर फर्किने क्रममा स्थानीय च्याब्रुङ भीरबाट लडेकी थिइन्। भीरबाट करिब तीन सय मीटर तल खस्दा गम्भीर घाइते भएकी थिइन् ।

उनको धनकुटा अस्पतालमा उपचारका क्रममा राति करिब ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक विष्णु खड्काले जानकारी दिए ।

शवको जिल्ला अस्पतालमा आइतबार पोष्टमार्टम गरिएको छ । उक्त स्थानमा शनिबार विद्यालय सञ्चालन हुने गर्दछ भने बुधवार साप्ताहिक बिदा दिने चलन छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *