काठमाडौँ, १८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम अधिवेशन आगामी पुस १९ र २० गते पोखरामा हुने भएको छ।
पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालकाअनुसार अधिवेशनलाई भव्य र सफल बनाउन गण्डकी प्रदेश कमिटी, सबै उपसमितिहरू र सम्पूर्ण पार्टी सदस्यहरूले सक्रिय भूमिका खेलिरहेका छन्।
सचिव बरालले अधिवेशनलाई ऐतिहासिक बनाउने लक्ष्यका साथ पार्टी सदस्यहरूबीच एकता र सहकार्यको आवश्यकता औल्याउँदै सबैलाई आफ्नो क्षेत्रबाट योगदान दिन आग्रह गर्नुभएको छ।
यस अधिवेशनले गण्डकी प्रदेशमा पार्टी संगठनलाई थप सुदृढ गर्न, भावी रणनीति तय गर्न, र जनस्तरमा पार्टीको प्रभाव विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
