दमक, १ पुस–दमक–८ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालय (जेम्स) का विद्यार्थीले भारतको लखनउमा आयोजित विद्यार्थी गुणीय चक्र (स्टुडेन्ट क्वालिटी सर्कल) को अन्तराष्ट्रिय सम्मेलनमा विभिन्न उपाधि जितेको छ ।

लखनउस्थित सिटि मन्टेश्वरी स्कूलमा हालै सम्पन्न पाँच दिने २५औँ अन्तराष्ट्रिय सम्मेलनमा सहभागि जेम्सका विद्यार्थीहरूले एसक्यूसि केश स्टडीमा उत्कृष्ठ संगै प्रथम पुरस्कार ईसिकावा अवार्ड प्राप्त गर्न सफल भएको छ ।

जेम्सका प्रिन्सिपल सागर श्रेष्ठका अनुसार सम्मेलनमा विद्यार्थीहरूले प्रस्तुत गरेको केश स्टडी विद्यार्थी लगायत आम नागरिकमा व्याप्त विद्युतीय लतसंग सम्बन्धित थियो ।

जेम्सका विद्यार्थीहरूले विद्यार्थी गुणीय चक्रको माध्यममबाट विद्यालयमा अहिलेको अत्यन्त संवेदनशील समस्या बिद्युतीय लत हो भन्ने छनौट गरी यो छनौट भएको समस्यालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा विभिन्न टुल्सहरू प्रयोग गरि तयार पारिएको केश स्टडी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले केश स्टडीसहित कोलाज, डिवेट कम्पिटिसन, पोष्टर एण्ड स्लोगन मेकिँग, स्ट्रिट प्ले र क्वालिटी क्विजमा सहभागिता जनाएका प्रिन्सीपल श्रेष्ठले जनाए ।

सम्मेलनमा अमेरिका, अस्ट्रेलिया, बेलायत, मोरिसस, श्रीलंका, थाइल्यान्ड, नेपालसहित विश्वका १४ बढी देशका १ हजार ७ सय भन्दा बढी विद्यार्थीहरूले भाग लिएका थिए । बिद्यार्थीहरुले अन्तराष्ट्रिय सम्मेलनमा निम्न विधाहरुमा भाग लिएर उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सो लखनउको सिटि मन्टेश्वरी स्कुल विश्वकै धेरै विद्यार्थी भएको विद्यालयका रुपमा गिनिज बुकमा नाम दर्ता छ । सो स्कुलमा हाल ६२ हजार बढी विद्यार्थी अध्ययन गर्दैआएका छन् । आफुले उत्पादन गरेका वस्तुहरुको गुणस्तर वृद्धि गर्न तथा उत्पादनका क्रममा आइपरेका यावत समस्याहरुको पहिचान गरि सो उपर विश्लेषण गर्दै उत्पादित वस्तुहरुको गुणस्तरमा आइपर्ने समस्या तथा कमी कमजोरीलाई बैज्ञानिक पद्धति मार्फत समस्याको हल गर्ने तौर तरिकालाई विद्यालय र विद्यार्थीमा समेत लागू गरि शैक्षिक जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने ढृढ विश्वासका साथ सिटी मन्टेश्वरी स्कुलमा सर्वप्रथम डा.जगदिश गान्धीले अवलम्बन गरेका हुन् ।

विद्यालय तथा विद्यार्थीहरुको गुणस्तर अभिवृद्धिका लागि अवलम्बन गरिदैआएका तरिकालाई केही परिमार्जन गरि पहिलो पटक विद्यालय तथा विद्यार्थीहरुका लागि विद्यार्थी गुणीय चक्र सिद्धान्तकै एउटा रुपमा यसले सघाउँ पुरयाँउदैआएको डा।गान्धीले बताएका छन् ।

नेपालको सन्दर्भमा भने प्रा.डा.दिनेश चापागाईंको अगुवाईमा क्वेष्ट नेपालमार्फत स्टुडेन्ट क्वालिटी सर्कल भित्रीएको हो । सोहि आधिकारिक संस्था मार्फत देशभरका विभिन्न विद्यालयहरुमा विद्यार्थी गुणीय चक्र कार्यक्रम हुदैआएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *