काठमाडौँ, २ पुस–नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधनका लागि सात सदस्यीय सुझाव कार्यदल गठन गरेको छ।
एकीकृत समाजवादी पार्टीको तेस्रो स्थायी कमिटी बैठकले उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल गठन गरिएको हो।
उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाकाअनुसार जवलाको नेतृत्वमा सात सदस्सीय कार्यदल गठन गरेको हो।
उपाध्यक्ष खतिवडाकाअनुसार कार्यदलमा गरिमा शाह, गणेश विक, बलदेब चौधरी, रामप्रसाद यादव, धनप्रसाद गौतम, राजन राई सदस्य रहनेछन्।
त्यस्तै, पार्टीले २४ सदस्यीय सचिवालय र पाँच सदस्यीय केन्द्रीय कार्यालय पनि गठन गरेको छ ।

