दमक, ३ पुस–लेखापढी कानून व्यवसायी एसोसिएसन इकाई समिति दमकले अनाथ बाल आश्रमलाई आज बिहान फर्निचर सामाग्री हस्तान्त्रण गरेको छ ।

दमक–९ मा अवस्थित अनाथ बाल आश्रमको प्राङ्गणमा लेखापढी कानून व्यवसायी एसोसिएसनले एक कार्यक्रमबीच रु १५ हजार १ सय बराबरका फर्निचर सामाग्रीहरु हस्तान्त्रण गरेको हो ।

सहयोग हस्तान्त्रण कार्यक्रममा एसोसिएसन इकाई समिति दमकका अध्यक्ष ताराबहादुर खड्काको अध्यक्षता र नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तैं, हस्तान्त्रण कार्यक्रममा दमक–९ का वडाध्यक्ष कुबेर भट्टराई, एसोसिएसनका प्रदेश समितिका सहसचिव ज्ञानेन्द्र तिम्सिना, प्रदेश समिति सदस्य शुसिल निरौला लगायतका उपस्थितिमा ती सामााग्रीहरु हस्तान्त्रण गरिएको हो ।

सो अवसरमा नगर उपप्रमुख प्रसाईले अनाथ बालबालिकाहरुको स्वास्थ्य, शिक्षा, खेलकुद र उज्वल भबिश्यको निम्ति सहयोग आवश्यक रहेको बताइन् । उपप्रमुख प्रसाईले दमकका लेखापढी कानून व्यवसायीहरुले तिहारमा देउसीबाट सङ्कलित रुपैयाँ मध्ये केही रकम अनाथ बाल आश्रमको निम्ति सहयोग छुट्याउनु भएको भन्दै धन्यवाद व्यक्त गरिन् ।

त्यस्तैं, एसोसिएसन इकाई समिति दमकका अध्यक्ष खड्काले सामाजिक उत्तरदायीत्व अन्तर्गत दमक–२ मा अवस्थित मानव सेवा र दमक–९ को अनाथ बाल आश्रमलाई सहयोग हस्तान्त्रण गरिएको बताए । उनले गएको तिहारमा संस्थागत देउसी कार्यक्रम सञ्चालन गरिएको र सोही देऊसी कार्यक्रमबाट संङ्कलित रुपैयाँबाट मानव सेवा र अनाथ बाल आश्रमलाई समान रुपले रु १५ हजार १ सय बराबारको सहयोग गरिएको जानकारी दिए ।

यसअघि, दमक–२ मा सञ्चालनमा रहेको मानव सेवालाई एसोसिएसन इकाई समिति दमकले फर्निचर सामाग्री हस्तान्त्रण गरिसकेको छ । सहयोग हस्तान्त्रण कार्यक्रममा दमक नगर प्रमुख रामकुमार थापाको उपस्थिति थियो ।

२०५४ सालमा दमकमा लेखापढी कानून व्यवसायी एसोसिएसन इकाई समिति दमक गठन गरिएको हो । एसोसिएसनले दमकमा विभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै आइरहेको छ ।

सहयोग हस्तान्त्रण कार्यक्रमको सञ्चालन लेखापढी कानून व्यवसायी एसोसिएसन इकाई समिति दमकका सचिव गगन शिवाकोटीले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *