दमक, ६ पुस–झापाको दमकमा बसोबास गर्ने इसाई धर्मावलम्वीहरुले पुस ७ गते आइतबार ख्रीष्टमस बिशेष कार्यक्रमका साथ मनाउने भएका छन् ।

दमकस्थित गंगा नगरी (गोर्खा डिर्पाटमेन्टको प्राङ्गण) मा भोली आइतबार इसाई धर्मावलम्वीहरुले बिशेष समारोहमा ख्रीष्टमस मनाउने भएका हुन् ।

दमकमा छरिएर बसोबास गर्ने इसाई धर्मावलम्बीहरुले संयुक्त रुपमा मनाउने ख्रीष्टमसको तयारी अन्तिम चरणमा पुगेको दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बाले जानकारी दिनुभयो । अध्यक्ष पाष्टर सुब्बाका अनुसार कार्यक्रमको तयारी ९० प्रतिशत भएको र बाँकी आज साँझसम्म पुरा गर्ने कोशिषमा जुटिरहेका छौं ।

दमक नगर इसाई समाजले आयोजना गर्ने ख्रीष्टमसको अवसरमा आइतबार बिहान वहत शान्ति, सद्भाव, मित्रता र प्रेममय र्याली निकालिने भएको छ । र्याली गंगानगरीबाट सुरु भएर दमकको मुख्य चौक, गणतन्त्र चौक, जेसिज चौक, थाना लाइन नमूना मार्गबाट हाट खोला हुँदै नगरपालिकाको कार्यालय परिसरहुँदै मामा चोकहुँदै गंगा नगरीसम्म आइपुग्ने समाजका अध्यक्ष पाष्टर सुब्बाले जानकारी दिनुभयो । वहाँले कार्यक्रम बिशुद्ध धार्मीक तथा साँस्कृतिक भएको बताउनुभयो ।

दमकमा झण्डै ४० को हाराहारीमा चर्चहरु छन् । दमक नगर इसाई समाज अन्तर्गत आमा दिदीबहिनी उपसमिति, युवा संगती उपसमिति, प्रशासनिक उपसमिति, समाजिक उपसमिति, बिपद् व्यवस्थापन उपसमिति, खेलकुद उपसमिति, प्रचारप्रसार उपसमिति, स्वयसेवक उपसमितिहरु क्रियाशिल छन् ।

दमक नगर इसाई समाजका निवर्तमान अध्यक्षसमेत रहनुभएका सामाजिक विभाग प्रमुख पाष्टर आकाश थुलुङ राईले दमकमा आयोजना गरिदैं आएको ख्रीष्टमस कार्यक्रमलाई बिशेष अर्थपूर्णको रुपमा हेरिन्नुपर्नेमा जोडदिनुभयो ।

वहाँका अनुसार कार्यक्रमको उद्घाटनका लागि दमक नगरपालिकाका प्रमुख रामकुमार थापा आउनुहुने तथारी भइरहेको छ । नगर प्रमुख थापा सहित दमकमा सामाजिक संघसंस्था, सरकारी कार्यलय, छिमेकी गाउँ तथा नगरलाई आमन्त्रण गरिएको पाष्टर राईले जानकारी गराउनुभयो ।

कार्यक्रममा धरानका पाष्टर हिमाल जोसेफ राईको आशिषमय प्रवचन हुने छ । त्यस्तैं, स्थानीय चर्च तथा मण्डलीहरुका कलाकारहरुले गीत, संगीत र नृत्य प्रस्तत गरेर मनोरञ्जन प्रदान गरिने भएको छ ।

दमक नगर इसाई समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक पाष्टर राजकुमार नाछिरिङ राईले नेपालमा ख्रीष्टमस मनाउँदै आएको इतिहास निकै लामो भएको बताउनुभयो । वहाँले दमकमा हुने ख्रीष्टमस कार्यक्रमबाट समाजमा सकारात्मक शन्देश फैलाउन सफल हुने जानकारी गराउनुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *