काठमाडौं, ९ पुस–अनेरास्ववियु (क्रान्तिकारी) मा उमेर हदबारे पुस १३ गते निर्वाचन हुने भएको छ। अनेरास्ववियुले उम्मेदवारहरूको उमेरको हद तथा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन तालिका सार्वजनिक गरेको हो।

पुस १० गते सुरू हुने पहिलो चरणको निर्वाचनमा मतदाता नामावली प्रकाशन गरिनेछ भने ११ र १२ गते मतदाता नामावलीको दाबी विरोध प्रस्तुत गर्न सकिनेछ। त्यस्तै, १३ गते बिहान १० बजेदेखि ४ बजेसम्म मतदान हुने जनाइएको छ।

भूगोल र गैरभूगोल गरी ८६ जिल्लामै मतदान केन्द्र रहने अनेरास्ववियुले जनाएको छ।

यस्तै, दोस्रो चरणको निर्वाचनमा पुस १५ गते केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको उम्मेदवारी मनोनय दर्ता हुनेछ भने पुस १७ गते बिहान ११ बजेदेखि ४ बजेसम्म मतदान हुनेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *