धरमपुर, ९ पुस–दुबै मृगौलामा समस्या भएपछि उपचारत झापा शिबसताक्षी–६ श्रीलंका टोलकी ३२ बर्षिया अरुणा राईको उपचारका लागि सङ्कलन भएको रु २० हजार पाँच रुँपैयाँ सहयोग हस्तान्त्रण गरिएको छ ।

रोजगारको शिलशिलामा विभिन्न मुलुकहरुमा रहेका मनकारी युवाहरुबाट सङ्कलन भएको सहयोग रुपैयाँ आज (मंगलबार) मृगौला पीडित अरुणाको घरैमा पुगेर परिवारलाई हस्तान्त्रण गरिएको छ ।

स्थानीयवासी समेत रहनुभएका सामाजिक तथा राजनीतिक युवा व्याक्तित्व भुवन रुन्छेबुङ राईको नेतृत्वमा मृगौला पीडित अरुणा राईको उपचारका लागि सहयोग सङ्कलन भइरहेको छ ।

सहयोग रकम अरुणाकी आमा फुलकुमारी राई हस्तान्त्रण गरिएको थियो । हस्तान्त्रण कार्यक्रममा युवा नेता भुवन राई, व्यवसायी मिलन कुरुङबाङ, तिलबिक्रम कुरुङ्बाङ लगायत सहभागि थिए ।

युवा नेता राईका अनुसार शिबसताक्षी–६ श्रीलंका टोल निवासी स्वर्गीय आशबहादुर र फुलमायाकी छोरी अरुणा राईको दुबै मृगौलामा समस्या देखिएको छ । आर्थिक अवस्था कमजोर राई परिवारलाई हाल, मृगौला उपचारका लागि समस्या भएपछि सहयोग संङ्लन गरिएको नेता राईले बताउनुभयो ।

अरुणाको उपचारमा स्वास्थ्य लाभको कामनासहित आर्थिक सहयोग गर्नेहरुमा सञ्जय चाम्लिङ राई (दुबई) बाट रु ५,००५।, पेमा तामाङ (कुवेत) बाट रु ५,०००।, तिलबिक्रम कुरुङबाङ (हङकङ) बाट रु ५,०००।, मिलन कुरुङबाङ लिम्बुवाट रु ५,०००। छन् ।

एक बर्ष अघिबाट अरुणा राईलाई मृगौलामा समस्या भएको स्थानीय युवा राईले बताए । हाल, अरुणालाई परिवारले डायलाइसिस गराइरहेका छन् । निकै महङ्गो शुल्कमा औषधी र डायलाइसिसको प्रकृयाले अरुणाको परिवारलाई समस्या भएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *