एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ, १२ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको आन्तरिक मामिलाका बारेमा बाहिर नबोल्न नेताहरूलाई आग्रह गर्नुभएको छ।

माउण्टेन टेलिभिजनमार्फत प्रसारण हुने कार्यक्रम ‘आजको सन्दर्भ’मा बोल्दै अध्यक्ष नेपालले उक्त आग्रह गर्नुभएको छ। अध्यक्ष नेपालले भन्नुभयो, ‘पार्टीभित्र नभएका कुराका बारेमा संगठनका मिटिङमा बसेका कुरा गर्नुपर्छ।

पार्टीका जिम्मेवार साथीहरूले आन्तरिक पार्टी जीवनका कुरालाई लिएर बाहिर गीत गाउनु भएको होला भन्ने मलाई लाग्दैन। त्यसरी पार्टीको अनुसाशनलाई कुल्चिनु हुन्छ भन्ने लाग्दैन।’

अध्यक्ष नेपालले पार्टीको ठूलो संख्या पार्टी र नेतृत्वप्रति खुशी रहेको बताउनुभएको छ। उहाँले भन्नुभयो, ‘पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनदेखि आजसम्म हेर्नुहोस्। सबै कार्यकर्ताहरू खुशी छन्। पार्टी निरन्तर अघि बढ्नुपर्छ। विगतका सबै महाधिवेशनका विवादहरू हामीले हेरिरहेका छौँ।’

पार्टी एकताको सन्दर्भमा छलफल भइरहेको बताउँदै नेता वामदेव गौतम एकीकृत समाजवादीमा आउने जानकारी दिनुभयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *