चितवन, १३ पुस–लेयर्स कुखुरापालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाएका छन्। निरन्तर घाटामा बिक्री हुँदै आएको अण्डाको मूल्य शनिबारदेखि हालसम्मकै उच्च मूल्यमा बिक्री हुने भएको हो।

शनिबारदेखि लागू हुने गरी ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी (सात क्रेट) ३ हजार ६ सय रूपैयाँ र मझौलाको ३ हजार ५ सय रूपैयाँ कायम गरिएको छ।

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६।५६ रूपैयाँ पर्न आउँछ। भाउ बढेसँगै उपभोक्ता मूल्य प्रतिगोटा २२।५० रूपैयाँ कायम गरिएको छ।

नेपाल लेर्यस कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार मूल्य बढेसँगै किसानले लागत मूल्य पाउने भएका छन्। दाउन्ने एग्रोफार्म, हिमचुली पोल्ट्री, खिलुङकाली ९जनकपुर एग्रो० सुविश पोल्ट्री भिज्जु पोल्ट्री, शिवम् लेयर्स फार्म लगायतले काठमाडौंको होलसेल बजारमा शनिबारदेखि कायम हुने गरी नयाँ भाउ कायम गरेका छन्।

जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, पर्यटक बढेको र स्कुल, कलेज सञ्चालनमा आएसँगै अण्डाको माग बढेकाले मूल्य पनि बढेको उनले बताए।

किसानको फार्ममा बुढो कुखुरा बिक्री भएसँगै धेरै किसान विस्थापित भएकाले नयाँ चल्ला हाल्न नसकेको उनको भनाइ छ।

‘अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ,ु उनले थपे, ‘अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका छन्। अहिले दैनिक २२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ।’

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले पनि उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्य बढेको बताए।

नोक्सान थपिँदै गएपछि धेरै किसान विस्थापित भएको उद्योग संघ चितवनका निवर्तमान अध्यक्षसमेत रहेका कुखुरापालक किसान त्रिलोचन कँडेलले बताए। गत वर्ष पनि पुस महिनामा चार पटक अण्डाको भाउ बढेको थियो।

ुअब किसानले लागत मूल्य पाएनन् भने बाँकी रहेका किसान विस्थापति हुन्छन्,ु उनले भने।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *