दमक, १५ पुस–झापापको झिलझिलेमा प्रधान कार्यालय रहेर जिल्लाको विभिन्न पाँच स्थानमा सेवा केन्द्रहरु सञ्चालनमा आएको छिमेकी बचत तथा ऋण सहकारी संस्थाले आज १८औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
शिबसताक्षी–८ झिलझिलेस्थित झिलझिले माध्यमिक विद्यालयमा सोमबार भब्य समारोहबीच छिमेकी बचत तथा ऋण सहकारी संस्थाले १८औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
बार्षिक साधारणसभाबीच छिमेकी सोकोसले आफ्ना शेयर सदस्यहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले एक दिने निःशुल्क आँखा शिविरको समेत आयोजना गरिएको थियो । सो शिविरमा दुई सय बढीले आँखा सम्बन्धी सेवा प्राप्त गरेका थिए ।
सहकारी संस्थाका अध्यक्ष मोहन मैनालीको सभाध्यक्षमा र शिबसताक्षी नगर प्रमुख मेघाहाङ (रोशन) थोप्राको प्रमुख आतिथ्यतामा बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सो अवसरमा छिमेकी साकोसले आर्थिक बर्ष २०८०।०८१ का आम्दानी तथा खर्च बिबरणहरुसहितको प्रतिवेदन सञ्चालक समितिको तर्फबाट अध्यक्ष मोहन मैनालीले प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष मैनालीद्धारा प्रस्तुत प्रतिवेदनमा संस्थाले यस आर्थिक बर्ष १ करोड ८० लाख ५२ हजार ३८५ रुपैयाँ खुद नाफा आर्जन गरेको उल्लेख गर्नुभयो ।
त्यस्तैं, अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा ११ करोड २२ लाख ६६ हजार १५८ रुपैयाँ आम्दानी र ९ करोड ४२ लाख १३ हजार ७७३ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।
सहकारी संंस्थाको शेयर पुँजी १४ करोड ९९ लाख २५,९०० रुपैयाँ, ४३ करोड ८१ लाख ३ हजार ३८८ रुपैयाँ निक्षेप सङ्कलन, विभिन्न कोषतर्फ ९ करोड २ लाख ८१ हजार ६५६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तैं, छिमेकी साकोसले आर्थिक बर्ष २०८०।८१ मा सावाँतर्फ २३ करोड ५४ लाख ७९ हजार २१३ रुपैयाँ कर्जा असुली, ११ करोड ९ लाख २६ हजार ८९४ रुपैयाँ ब्याज असुली गरेको अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा छ ।
चालु आर्थिक वर्षमा संस्थाले १२ करोड ११ लाख खुद आम्दानी गर्ने लक्ष्य राखेको छ भने खर्चतर्फ आठ करोड २४ लाख ६० हजार खर्चको लक्ष्य राखेको छ।
झिलझिलेमा प्रधान कार्यालय रहेको छिमेकी साकोसको पाँच वटा सेवा केन्द्रहरु सञ्चालनमा आएका छन् । छिमेकी साकोसका धरमपुरस्थित मंगलबारे सेवा केन्द्र, कमल–३ केर्खा सेवा केन्द्र, दमक–७ हनुमान मन्दिरस्थित दमक सेवा केन्द्र, कनकाई, सुरुङ्गा सेवा केन्द्र र पाँचगाछीस्थित जनता सेवा केन्द्रहरु छन् ।
सहकारी संस्थाका उपाध्यक्ष उदयप्रकाश राईले १८औं बार्षिक साधारणसभामा स्वागत मन्तव्य राख्नुभएको थियो । बार्षिक साधारणसभामा सहकारी संस्थाको प्रधान कार्यालय झिलझिलेसहित पाँचवटै सेवा केन्द्रहरुमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरुलाई सम्मानपत्र र नगदद्धारा पुरस्कृत तथा सम्मान गरिएको थियो ।
बार्षिक साधारणसभाबीच छिमेकी सोकोस सञ्चालक समितिका सदस्य, बौद्धिक तथा धार्मीक व्याक्तित्व यज्ञराज ओली (गोपाल) ले स्थापना गर्नुभएको पुरस्कार बितरण गरिएको थियो । सो पुरुस्कारबाट शैक्षिक तथा धार्मीक व्याक्तित्वसमेत रहुनभएका छिमेकी साकोसका उपाध्यक्ष उदयप्रकाश राईलाई सम्मान गरिएको थियो । रु पाँच हजार एकसय रुपैयाद्वारा राईलाई सम्मान गरिएको जानकारी गराएएको छ ।
तत्कालिन सतासीधाम गाविस, हाल शिबसताक्षी नगरपालिका वडा नम्बर ८ झिलझिले र स्थानीयहरुले २०६४ सालम छिमेकी साकोस स्थापना गरिएको सहकारी संस्थाका कार्यकारी प्रमुख नरप्रसाद (नबीन) ओलीले जानकारी दिनुभयो । कार्यकारी प्रमुख ओलीका अनुृसार सहकारी संस्थामा हाल महिला शेयर सदस्य २१३० र पुरुष शेयर सदस्य २२५५ सहित ४३८५ जना शेयर सदस्यहरु छन् ।
सो बार्षिक साधारणसभालाई सञ्चालन सहकारी संस्थाकी सञ्चालक संगीता कोइरालाले गरेकी थिइन् ।