दमक, १८ पुस–स्कुटर दुर्घटनामा घाइते भएर उपचारत नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य, भद्रपुर नगरकी उपप्रमुख एबम् अधिबक्त्ता चन्द्रा श्रेष्ठकी एक मात्र छोरा निश्चल राजभण्डारीको आज (बिहिबार) साँझ निधन भएको छ ।
भद्रपुर–८ निवासी २९ वर्षीय निश्चल राजभण्डारी र उनकी पत्नी पूजा राजभण्डारी भक्तपुरको सानोठिमीमा तीन दिनअघि स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका थिए ।
नर्भिक हस्पिटलको सघन उपचार कक्षमा उपचारका क्रममा आज साँझ निश्चलको निधन भएको भद्रपुर नगरपालिकाका पूर्व नगर प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
मृतक निश्चल भद्रपुर नगरपालिकाका पूर्व उपप्रमुख, नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य एबम् अधिबक्ता चन्द्रा श्रेष्ठका एकमात्र छोरा हुन् । उनकी श्रीमतीको भने उपस्तालमै उपचार भइरहेको जनाइएको छ ।
दुवैजना अध्ययनका लागि अस्ट्रेलियामा बसेर केही दिनअघि मात्रै मूलघर भद्रपुरमा आएका थिए । निश्चलसहित पुजा अस्ट्रेलिया फर्कन काठमाडौं गएका थिए। पारिवारिक स्रोतका अनुसार राजभण्डारी दम्पती यसै हप्ता अस्ट्रेलिया फर्कँदै थिए।
अस्ट्रेलिया जानुपूर्व सपिङका लागि बजार गई सामान किनेर भक्तपुरस्थित निजी निवासमा फर्कने क्रममा थिए । कुकुरले बाटो काट्दा स्कुटर असन्तुलित भई दुर्घटना भएको जनाइएको छ ।

