धरान, १९ पुस–धरान उपमहानगरपालिकाले धरान दिवसका अवसरमा धरान उत्सवको आयोजना गर्ने भएको छ । धरान नगर प्रमुख हर्कराज राईले यही पुस २० देखि २४ गतेसम्म धरान उत्सवको आयोजना गरिएको बताए।

पुस २० गते विभिन्न सङ्घसंस्थाका झाँकी र र्‍यालीले बजार परिक्रमापछि धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा उत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।

उनले भने, ‘उत्सवका लागि उपमहानगरपालिकाले पुस १९ गते शुक्रबार उत्सव क्षेत्रमा बृहत् सरसफाइ गर्नेछ।’ धरान उपमहानगरपालिका १६ स्थित रंगशालाको दक्षिणपट्टिको खाली मैदानमापुस पुस २० गतेदेखि हुने उत्सवमा उद्घाटन कार्यक्रममा योगदान पुर्‍याएका व्यक्तिहरुलाई सम्मान गरिने कार्यक्रम राखिएको छ भने उत्सवस्थलमा शैक्षिक, कला साहित्य, खाद्य प्रदर्शनी तथा बिक्री कक्ष राखिने नगर प्रमुख राईले बताए ।

पुस २१ गते साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, पुस २२ गते इस्टर्न सिङ्गिङ सुपर स्टार सिजन–१ र लोक जुहारी कार्यक्रम रहने छन् भने पुस २३ गते वाकाथुन, रस्सी तान र छेलो हान्ने कार्यक्रम रहेको छ । पसस २४ गते श्रमदाता र्‍याली, सांस्कृतिक झाँकी प्रस्तुति, प्रशंसापत्र वितरण र धन्यवाद ज्ञापन कार्यक्रम गरेर उत्सवको समापन गरिने नगर प्रमुख राईले जानकारी दिए ।

उपमहानगरपालिकाले हरेक वर्ष पुस २० गतेलाई धरान दिवसका रुपमा मनाउने गरेको छ । कार्यक्रम अवधिभर एम्बुलेन्ससहित स्वास्थ्य सेवा, पोषण परामर्श, आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिको प्रचारका साथै मनोरञ्जनात्मक नृत्य तथा सांस्कृतिक कार्यक्रम र बाल मनोरञ्जनका खेलहरुको आयोजना गरिने बताइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *