काठमाडौं, २२ पुस–इङ्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन्।

युनाइटेडका नयाँ प्रशिक्षक रुबेन अमोरिमको नेतृत्वमा रहेको टोलीले शीर्ष स्थानको लिभरपुलबाट अंक खोसेको हो।

सन् १९७९ पछि पहिलो पटक लिगमा लगातार चार हारबाट जोगिन प्रयासरत युनाइटेडले ५२ मिनेटपछि एलिसनलाई पछि पार्दै लिसान्ड्रो मार्टिनेजको पासमा गोल गर्दै अग्रता लिएको थियो। त्यसको सात मिनेटपछि कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याएका थिए।

सकिन २० मिनेट बाँकी छँदा मोहम्मद सलाहले थियरी हेनरीको १७५ गोलको बराबरी गरेका थिए। उनले पेनाल्टी गोलमार्फत् अग्रता बनाएका थिए। ​

त्यसको १० मिनेटमा युनाइटेडका लागि अमाद डायलोले उत्कृष्ट गोल गोल गर्दै खेल बराबरी गरे। बराबरीपछि लिभरपुल १९ खेलबाट ४६ अंकका साथ शीर्ष स्थानमा कायमै छ। २० खेलमा २३ अंक बनाएको युनाइटेड रेलिगेशनबाट जोगिन संघर्षरत छ।

गएराति नै भएको अर्को खेलमा फुलहम र इप्सविच टाउनले रोमाञ्चक प्रतिस्पर्धापछि २–२ को बराबरी खेल्दै अंक बाँडेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *