दमक, २९ पुस–पाँचथरको तुम्बेवा गाउँपालिकाका स्थानीय महिलाहरुलाई लक्षित गरेर व्यूटिपार्लर सम्बन्धि आधारभूत तालिम सुरु भएको छ । गत शुक्रबारबाट सुरु भएको आधारभूत तालिममा तुम्बेवा गाउँपालिकाका विभिन्न वडाहरुबाट ४६ जना महिला दिदीबहिनीहरुले सहभागिता जनाएका छन् ।
गाउँपालिकाका महिलाहरुलाई सीप मुलक तालिम प्रदान गरेर आय–आम्दानीतर्फ प्रोत्साहन गर्नका लागि व्यूटिपार्लर सम्बन्धि आधारभुत तालिम आयोजना गरिएको हो ।
तुम्बेवा गाउँपालिकाको आयोजना र सोही गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको तालिमलाई झापाको दमकस्थित खुशी खुस्बु सीप विकास तालिम केन्द्रले प्राविधिक सहयोग रहेको छ । केन्द्रकी प्रमुख जमुना निरौला अधिकारीका अनुसार तालिममा सहभागि दिदीबहिनीहरुलाई व्यूटि पार्लर सम्बन्धि पक्षका बारेमा जानकारी गराउनुका साथै सो सम्बन्धि आवश्कय प्राविधिक ज्ञान र सीपको विकास गराइने छ ।
खुशी खुस्बु सीप विकास तालिम केन्द्रकी सञ्चालक अधिकारीले बढ्दो आधुनिकतासंगै आर्कषक व्याक्तित्व निर्माणका लागि व्यूटि पार्लर केन्द्रको व्यवसाय बढ्दो अवस्थाम रहेको बताईन् ।
सीपमुलक तालिमको उद्घाटन कार्यक्रममा गाउपालिका अध्यक्ष बाबुराम खड्काले स्थानीय महिलाहरुको आय–आम्दानीका लागि व्यूटिपार्लर सम्बन्धि तालिम आयोजना गरिएको बताउनुभयो ।
तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गाउँपालिका अध्यक्ष्य खड्काले तालिमलाई उपलब्धिपूर्ण बनाउन र तालिममा सिकेको सीपलाई व्यवहारमा उर्तानसमेत आग्रह गर्नुभयो ।
सो समुद्घाटन समारोहमा बिशिष्ट अतिथी गाउपालिका उपाध्यक्ष, वडा नं ३ का वडाध्यक्ष, गाउपालिका प्रमुख प्रशासकिय अधिकृत, इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख लगायत स्थानीय सामाजिक तथा राजनीतिक अगुवाहरुको उपस्थिती रहेको थियो ।
