काठमाडौँ, ३ माघ–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको शब्द रचना रहेको ‘क्षितिजबाट घाम’ बोलको गीत बजारमा आएको छ।

गीतको निर्देशन बासु दुलालले गर्नुभएको छ । सो गीतमा तारा दुलाल र परेश राईले आवाज दिनुभएको छ । तोरेम्पा हाङ र एरेन्ज राजु कार्कीले गीतमा संगीत सृजना गर्नुभएको छ।

उक्त म्युजिक भिडियोको रेकर्डिङ किंग रेकर्डिङ्ग स्टुडियो काठमाडौँमा भएको हो। उक्त गीतका सन्दर्भमा सम्मानित नेता खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ।

पूर्वप्रधानमन्त्री खनालले लेख्नुभएको छः ‘अब हामी सबैको बाटो समाजवाद हो भन्ने मूल ध्येय र उद्देश्यका साथ यो गीतमा प्रगतिशील शब्दहरू चयन भएका छन्। यो समाजवादी गीत सबै दर्शक र श्रोताको निम्ति महत्वपूर्ण हुनेछ भन्ने मैले विश्वास लिएको छु।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *