काठमाडौं, ३ माघ–नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले बहुचर्चित बाल अमृत बीमालेखअन्तर्गत बाल अमृत– ४ सावधिक बीमालेख बजारमा ल्याएको छ । कम्पनीले आफ्ना वरिष्ठ अभिकर्ताहरूको राय सुझाव र मागलाई मध्यनजर गर्दै उक्त बीमा योजना सार्वजनिक गरेको हो ।

जुम मिटिङमार्फत जोडिएका कम्पनीका सबै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरू, वरिष्ठ अभिकर्ताहरूका साथै केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरू सम्मिलित उक्त समारोहमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले उक्त बीमालेख सार्वजनिक गरेका हुन् ।

सो अवसरमा सीईओ खत्रीले भने, ुविगतमा पनि अभिकर्ता तथा बीमित वर्गहरूले अत्यन्तै रुचाएको बाल अमृत बीमालेखलाई अझ बढी परिष्कृत गरी ुबाल अमृत सावधिक बीमालेख– ४ योजनाु प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ । बालबच्चाको सुमधुर भविष्यसँग सम्बन्धित यो योजना कम्पनीकै एक अब्बल योजना हो ।ु

यस बीमा योजनाका विशेषताहरूका सम्बन्धमा बजार विभाग प्रमुख विवेक शर्माले प्रस्ट्याउँदै भने, ुयस बीमालेखमा बीमितको प्रवेश उमेर न्यूनतम १ महिना ९३०० दिन र अधिकतम १५ वर्ष, प्रस्तावकको उमेर न्यूनतम २० वर्ष र अधिकतम ५० वर्षसम्म रहने प्रावधान छ । यसमा प्रस्तावकको रूपमा बुवा, आमा वा कानुनी संरक्षक हुनुपर्नेछ ।ु

उनले थपे, ुबीमाङ्क रकम न्यूनतम १ लाख र अधिकतम आयस्रोतका आधारमा ५० लाख रुपैयाँसम्म लिन सकिने यस बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ र बीमाशुल्क मासिक, त्रैमासिक अर्धवार्षिक र वार्षिक रूपमा बुझाउन सकिने व्यवस्था गरेको छ । यसैगरी यस बीमालेख योजनामा अधिकतम बीमा समाप्ति उमेर ७० वर्ष रहेको छ । साथै, चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुटलगायतका अन्य सुविधाहरू पनि यस बीमालेखमा उपलब्ध छन् ।ु

यस बीमालेखलाई प्रवर्द्धन गर्ने उद्देश्यले बीमित तथा अभिकर्ताहरूका लागि बीमालेख आरम्भ सप्ताह प्रोत्साहन योजना पनि लागू गरिएको शर्माले बताए । साथै, उनले सम्पूर्ण अभिकर्ता, बीमित र कम्पनीका शुभेच्छुकहरूले कम्पनीको मोबाइल एप्स, वेबसाइट र नेपालभर रहेका जुनसुकै शाखा कार्यालयहरूमा गएर पनि यससम्बन्धी जानकारी लिन सकिने व्यवस्था गरिएको बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *