पूर्वडीआईजी छविलाल जोशी

काठमाडौँ, ७ माघ—काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगीका मुख्य अभियुक्तमध्येका एक पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश गरेको छ ।

न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले दुई दिनको सुनुवाइपछि जोशीलाई पूर्पक्षका लागि धरौटीमा छाड्ने आदेश गरेको हो ।सरकारले पूर्वगृहमन्त्री रवि लामिछाने, जोशीलगायत ३९ विरुद्ध सहकारी रकम ठगीमा काठमाडौंमा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

न्यायाधीश उक्त मुद्दामा लामिछानेलाई गत साता अदालतले ६० लाख धरौटमा रिहा गरिसकेको छ । उनीहरूले स्वर्णलक्ष्मी सहकारीबाट झन्डै ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख रुपैयाँ रकम अपचलन गरेको अभियोग लागेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *