झापा, ९ माघ–झापाको मेचीनगर नगरपालिका–१३ स्थितबाट लागुऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–१३ का २५ वर्षीय लुबी कामाईलाई ४ सय ६० मिलिग्राम ब्राउन सुगर र १५ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय देवानगञ्ज सुनसरीले देवानगञ्ज गाउँपालिका–५ पालटोल स्थितबाट बेवारिसे अवस्थामा राखिएको २८ किलो लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ ।
घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइ रहेको छ ।
