दमक, २२ माघ–झापाको कमल-१ सडङ्पाडास्थित नरेन्द्र जनता माविले ५७औं वार्षिक उत्सव मनाएको छ । श्रीपञ्चमीको समेत अवसरमा अक्षरारम्भ तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम गर्दै बार्षिकोत्सव मनाएको हो ।
विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा उत्कृष्ट शिक्षक र विद्यार्र्थीलाई पुरस्कृत, दाता बाट प्राप्त शैक्षिक सामाग्री वितरण र विद्यालयलाई सहयोग गर्ने दाता र विद्यालय व्यवस्थापन समितिलाई सम्मान गरिएको थियो ।
विद्यालयका कार्यरत शिक्षकहरु मध्ये उत्कृष्ट वर्ष शिक्षकको रुपमा अम्बरबहादुर लावती पुरस्कृत भएका छन् । त्यस्तै, विद्यालयमा अध्ययनरत विद्यार्र्थीहरू मध्ये छात्रतर्फ उत्कृष्ट वर्ष विद्यार्र्थी कक्षा-१२ मा अध्ययनरत सलिना खड्का र कक्षा-८ मा अध्ययनरत छात्र विशाल कार्र्कीलाई नगदसहित, दोसल्ला र सम्मान पत्र द्वारा सम्मान गरिएको बिद्यालयका प्रधानाध्यापक बद्री कार्कीले जानकारी दिए ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यमा आयोजित बार्षिकोत्सव समारोहमा बोल्दै पालिका अध्यक्ष राईले सरोकारवालाहरुको सक्रियताबाटनै सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर उकास्न सकिने बताए । उनले दाताहरुबाट कमलको शैक्षिक बिकासमा प्राप्त भइरहेको सहयोगको प्रशंसा गरे । सामुदायिक बिद्यालयको शैक्षिक सुधारमा गाउँपालिकाले देशकै नमुना अभ्यासहरु गरिआएको बताउँदै अध्यक्ष राईले कामको परिणाम देखिन थालेको बताए ।
त्यसैगरी विद्यालयमा अध्ययनरत बिद्यार्थीलाई १ लाख रुपैयाँ बराबरको स्टेशनरी सामान उपलब्ध गराउने दाता गणेश कार्र्की र २ लाख रुपैयाँ बराबरको १६ थान साइकल र वाद्यवादन उपलब्ध गराउने सुदीप र सुजन खड्काका अभिभावकलाई सम्मान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट वर्ष अभिभावक तर्फ सुदर्शन घिमिरे, सलिना मिस्त्री, संगिता राई र कुल प्रसाद अधिकारीलाई समेत सम्मान गरिएको थियो ।
कमल १ का वडा अध्यक्ष केदार कटुवालले आफू वडा अध्यक्षमा निर्वाचित भए देखी नै नियमित रुपमा प्रदान गर्दै आएको वडा अध्यक्ष छात्रवृत्ति यस वर्ष कक्षा १२ मा अध्ययनरत छात्रा अम्बिका पौडेललाई नगद ५ हजार प्रदान गरियो ।
विद्यालयका प्रधानाध्यापक बद्री कार्कीले विद्यालयको संक्षिप्त गतिविधि प्रस्तुत गर्दै हाल विद्यालयमा देखिएका समस्याहरु बारेमा जानकारी गराए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुण्य रायको अध्यक्षतामा सम्पन्न कार्यक्रमा वडा नम्वर १ का वडा अध्यक्ष केदार कटुवाल, पुर्व व्यवस्थापन समितीका अध्यक्ष प्रेम बहादुर पोख्रेल लगायतले विद्यालयको वार्षिक उत्सव सफलताको शुभकामना मन्तव्य राखेका थिए । उत्कृष्ट बिद्यार्थी, अभिभावकहरुलाई शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपाने र विद्यालयका प्रधानाध्यापक कार्र्कीले पुरस्कृत गरेका थिए ।
सो अवसरमा विभिन्न संगितिक कार्यक्रमका साथै आशाको दियो नामक लघु नाटक समेत प्रदर्शन गरिएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक लक्ष्मी प्रसाईले गरेका थिए ।
