बुटवल, २५ माघ–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले अबको एक वर्षभित्र आफ्नो पार्टी आशा जगाउने पार्टीका रुपमा विस्तार हुने दाबी गर्नुभएको छ।
उहाँले संविधान निर्माण भएपछि राजनीतिले जनतालाई आशाभन्दा बढी निराशा र उकुसमुकुस बनाएको बताउँदै त्यसलाई चिर्नसक्ने पार्टी केवल नेकपा ९एकीकृत समाजवादी० भएको दाबी गर्नुभयो।
नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले शुक्रबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले आफूहरु त्यही गणतान्त्रिक नेपालको ऐजेन्डा बोक्ने क्रान्तिकारी कम्यूनिष्ट पार्टी बनाउने अभियानमा लागि परेको बताउनु भयो।
अगुवा कार्यकर्ताहरुसमेत रहेको कार्यक्रममा महासचिव भुसालले संविधानको रक्षाका लागि विद्रोहबाट जन्मिएको एकीकृत समाजवादी पार्छीलाई अब संघर्ष र आन्दोलनबाट स्थापित गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले पार्टीको दशौँ महाधिवेशनबाट संघर्ष र आन्दोलनबाट पार्टी गठनगर्ने कार्यदिशा पारित गरेकाले आफूहरुसँग मात्रै स्पष्ट ऐजेन्डा रहेको दाबी गर्नुभयो। महासचिव भुसालले अब छिट्टै केन्द्रीय कमिटिको बैठकले राजनीतिमा देखिएको सन्नाटालाई चिर्नेगरी जनताको बिचमा जाने जानकारी दिनुभयो।
उक्त अवसरमा महासचिव भुसालले नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सदस्य रामप्रसाद अर्याल, नेकपा एमाले निकटको मजदुर संगठनमा क्रियाशिल नेता राजु थापा, वाइसिएल नेता आशिष विक, मेघराज भट्टराईलाई अविर खादा ओढाएर पार्टीमा स्वागत गर्नुभएको छ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य नन्दलाल बञ्जाडे, प्रदेश कमिटी सदस्यहरु हिराध्वज शाह, राजेन्द्र प्रसाद पाण्डे, कमल भण्डारी, जिल्ला उपाध्यक्ष चिनबहादुर गुरुङलगायतको उपस्थिती रहेको थियो।
