क्याम्पा बजार (कमल), २५ माघ–झापाको कमल गाउँपालिकाले सञ्चालन गरेको क्याम्पास्थित कमल नगर अस्पतालमा दुई बर्ष अघिदेखि प्रसूति सेवा सुरु भएको छ । कमल गाउँपालिकाका सर्वसाधारणहरुलाई प्रभावकारी सेवा पुर्याउँने उदेश्यले अस्पतालमा सुरु गरिएको प्रसुति सेवाका कार्यमा कमल–२ का वडाध्यक्षले विशेष सक्रियता देखाएका छन् ।
कमल–२ क्याम्पा बजारस्थित वडा कार्यालय नजिकै कमल नगर अस्पताल सञ्चालन भइरहेको छ । सो अस्पतालमा प्रसुति सेवाका लागि आगान्तुक महिलाहरु र नवजात शिशुहरुका लागि वडाध्यक्ष अशोक सुब्बाको आफ्नो व्याक्तिगत पहलमा न्यानो कपडा वितरण गर्नुभएको छ । चिसो मौसममा अस्पतालमा उपचारत आमा र नवजात शिशुहरुको स्वास्थ्य सुरक्षामा चासो देखाउदै न्यानो कपडा वितरण गर्नुभएको हो ।
अस्पतालका प्रमुख दीपक दाहालका अनुसार अस्पतालमा प्रसुति सेवाका लागि माघ २४ गते कमल ४ की एक महिला आइपुगेको र सो महिलाले सोही रात ९ः ४८ छोरा जन्माएका थिए ।
वडाध्यक्ष सुब्बा सोृही रात अस्पतालमा पुगेर आमा र नवजात शिशुलाई न्यानो कपडा वितरण गर्नुभएको थियो । अस्पतालका प्रमुख दाहालका अनुसार अस्पतालको कोठाभित्र उपचारत आमा र शिशुको स्वास्थ्य सुरक्षाका लागि न्यानो कपडा वितरण गर्नुभएको हो । आमा र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य अवस्था रहेको दाहालले जानकारी दिनुभयो ।
वडा अध्यक्ष सुब्बाको कार्यलाई सर्वत्र प्रशंसा गरिएको छ । ग्रामिण क्षेत्रका कमजोर आर्थिक अवस्थाका महिला दिदीबहिनीका लागि वडाध्यक्ष सुृब्बाले देखाएको चासो र सक्रियता प्रेरणादायी बनेको क्याम्पास्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका स्थानीय बुद्धिजिवी होमबहादुर बरालले बताउनुभयो ।
वडाध्यक्ष सुब्बा कमल–२ बाट नेकपा (एकीकृत समाजवादी) को तर्फबाट निर्वाचित कमल गाउँपालिकाको कान्छो वडाध्यक्ष हुन् । युवाहरुबीच लोकप्रिय सुब्बाले वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि भएपछि वडाभित्र मदिरा र सुर्तीजन्य बस्तु निषेधित वडा घोषणा गर्नुभएको छ । वडाभित्रका सामुदायिक विद्यालयमा स्वास्थ्य शिविर कार्यक्रमहरु सञ्चालन गर्दै आइरहनुभएका छन् ।
कमल नगर अस्पताललाई अत्याधुनिक प्रविधसहित दक्ष जनशक्ति मार्फत सेवा प्रदान गर्न कमल गाउँपालिकाले आवश्यक सहयोग र भूमिका पुर्याइरहेका छन् । अस्पतालका प्रमुख दाहालले सुरक्षित प्रसूति सेवामा कमल नगर अस्पतालले छोटो समयमा सफलता हाल पारेको बताउनुभयो । दाहालका अनुसार ूहामी सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन कटिबद्ध छौं।
त्यस्तैं, कमल नगर अस्पतालबाट प्रसुति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवाको प्रवन्ध भइरहेको छ ।
