दमक, २६ माघ–दमक तेक्वान्दो डोजाङले आज पारिवारिक बनभोज तथा रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न गरिएको छ । चुलाचुलीस्थित चपेटीमा शनिबार दमक तेक्वान्दो डोजाङले बनभोजसहितको रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न गरिएको हो ।
बनभोज तथा रिफ्रेसमेन्ट कार्यक्रममा दमक तेक्वान्दो डोजाङका सञ्चालक समिति, खेलाडीहरु, प्रशिक्षकहरु, शुभेच्छुक तथा पत्रकारहरुको सहभागिता रहेको थियो । डोजाङका अध्यक्ष जीतबहादुर (जीतु) धिमालले खेलाडी, प्रशिक्षक, शुभेच्छुक तथा पत्रकारहरुबीच भेटघाट, चिनजानसहित बनभोज तथा रिफ्रेसमेन्ट कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा डोजाङका उपाध्यक्षसमेत रहनुभएका दमकस्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपल नबीन योगी, सल्लाहकार संयोजक तथा दमक–१ का सभापति गजेन्द्र देवान, नेपाली कांग्रेसका नेता तथा दमकका सामाजिक अगुवा सत्य नारायण चौधरी, सामाजिक नेत्री कल्पना राई, कांग्रेस दमक नगर समितिका पूर्व सभापति रोशन बिष्ट, दमक फुटबल एकाडेमीका प्रशिक्षक कुमार बस्नेत, निम्स अस्पतालका अधयक्ष उमाकन्त आचार्य, दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराई, कांग्रेस दमक–४ का सभापति राजेन्द्र सिटौला, युवा नेता तथा व्यवसायी संगम राई, डोजाङका सदस्य भुपाल पौडेल लगायत खेलाडी र प्रशिक्षकहरु गरी ६० जनाको सहभागिता थियो ।
दमक तेक्वान्दो डोजाङले दमकमा सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयसहित आधा दर्जन विद्यालयहरुमा तेक्वान्दो खेल प्रशिक्षण गराइरहेको छ । दमक तेक्वान्दो डोजाङ अन्तर्गत प्रशिक्षार्थी खेलाडीहरुले हालै सम्पन्न राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितमा दर्जन बढी पदकहरु जीत्न सफल भएका अध्यक्ष जीतु धिमालले जानकारी दिएका छन् ।
बनभोज तथा रिफ्रेसमेन्ट कार्यक्रममा सहभागिका लागि चपेटीमा आइपुगेका विभिन्न क्षेत्रका व्याक्तित्वहरुले दमकमा तेक्वान्दो डोजाङको खेल विकास, खेलाडीहरुका लागि तालिम, प्रशिक्षण र प्रचारप्रसारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
