काठमाडौं, २७ माघ–नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशन आजदेखि सुरु हुँदैछ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजदेखि २९ गतेसम्म हुने महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने महाधिवेशन व्यवस्थापन समितिका संयोजक हिसिला यमीले जानकारी दिइन्।

महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ। महाधिवेशनमा पार्टीले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई

बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई प्राथमिकता दिने पार्टीले जनाएको छ।

नयाँ शक्तिले मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *