दमक, २७ माघ–झापाको दमकमा कोपिला फर्टिलिटी एण्ड वुमेन्स क्लिनिक सञ्चालनमा आएको छ । दमकस्थित लाईफ लाइन अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ/गाइनोजोजिष्ट डाक्टर सीता राईले सो क्लिनिक सञ्चालनमा ल्याएकी हुन् ।
महिला तथा पुरुषका लागि उपचारसहित परामर्श उपलब्ध गराउन कोपिला फर्टिलिटी एण्ड वुमेन्स क्लिनिक स्थापना गरिएको डाक्टर राईले बताईन् ।
लाइफलाइन अस्पतालमा ७ वर्षदेखि कार्यरत गाइनोजोजिष्ट विशेषज्ञ डा.राईले महिला तथा पुरुष प्रजनन स्वास्थ्य समस्याका बारेमा उचित परामर्शसहितको सेवा पुर्याउने उदेश्यले सो दुई महिना अघिदेखि सो क्लिनिक सञ्चालन गरेकी हुन् ।
डा.राईले यस क्षेत्रका निसन्तान समस्या भएका दम्पत्तीका लागि प्रजननसम्बन्धी स्वास्थ्य सेवा पुरयाँउन क्लिनिक स्थापना गर्नुपरेको जनाइन् ।
डा.राईले महिला रोगसंगै निःसन्तान समस्या भएकाहरुलाई लक्षित गरेर क्लिनिक सञ्चालनमा ल्याईएको जानकारी गराईन । सो क्लिनिकमा पाठेघरको एक्सरे (टीबीएस) र पाठेघरको मुखको क्यान्सरको जाँच समेत गरिने डा.राईले बताईन् ।
निःसन्तान दम्पतीहरुका समस्या पहिचान गरेपछि महिलाको अण्डा र पुरुषको बिर्यको परिक्षण गरिने डा.राईले बताईन् । क्लिनिकमा विहान र साँझको समय उपलब्ध गराउँदै आउने र दिउँसोको समय लाइफ लाइन अस्पतालबाट सेवा दिदै्रं आइरहेको बताइन् ।
डा।राईका अनुसार कुल जनसंख्याको करिव १० प्रतिशत मानिसमा निसन्तानको समस्या हुने गरेको छ । त्यस्ता समस्याबाट पीडितहरु बिराटनगर, धरानसहित काठमाण्डौंका अस्पतालहरु जानुपरेको र केही पीडितहरु भारतका विभिन्न शहरका अस्पतालसम्म उपचार सेवा लिनुपर्ने बाध्यता रहेको डा.राईले प्रष्ट पारिन् । ।
क्लिनिकमा फार्मेसी, दक्ष जनशक्ति र विशेषज्ञसहित आधुनिक प्रविधि मार्फत सेवा उपलब्ध हुने डा.राईले बताईन । क्लिनिकमा झापासहित इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र मोरङका सेवाग्राहीहरुलाई सहज सेवा प्रदान गर्ने योजना समेत डा.राईले बताइन् ।
