दमक, २७ माघ–दमकमा हालै सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न तौलतर्फ पदक प्राप्त गर्ने विद्यार्थीहरुलाई अक्सफोर्ड अंग्रेजी माध्यमिक विद्यालयले हौसल्ला बढाउन सम्मान गरेको छ ।
विद्यालयमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरेर तेक्वान्दो खेलतर्फ प्रतियोगिताम सहभागि भएर पदक जित्न सफल व्रिद्यार्थीहरुलाई सम्मान गरेको हो । सगरमाथा तेक्वान्दो डोजाङले प्रशिक्षण गराइरहेको अक्सफोर्ड अंग्रेजी माध्यमिक विद्यालयबाट विद्यार्थीहरुले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि जनाएका थिए ।
यसरी सम्मामनित हुने विद्यार्थीहरुमा महिलातर्फको ४२ केजी तौलमा दोस्रो स्थान (रजत पदक) प्राप्त गर्ने स्तुती चम्लागाई, महिलातर्फ ४४ केजी तौलमा तेस्रो स्थान (कास्य पदक) प्राप्त गर्ने प्रसिका न्यौपाने र ५२ केजी तौलतर्फ दोस्रो स्थान (रजत पदक) प्राप्त गर्ने आहाना राई छन् ।
त्यस्तैं, पुरुषतर्फको ३९ केजी तौलमा दोस्रो स्थान (रजत पदक) प्राप्त गर्ने हिमाल दर्नाल, ४५ केजी तौलमा दोस्रो स्थान (रजत पदक) प्राप्त गर्ने अनुज श्रेष्ठ र ४८ केजी तौलमा तेस्रो स्थान (कास्य पदक) प्राचिन माझी छन् ।
यता, पुम्षेतर्फ महिला खेलाडी प्रसिका न्यौपानेले तेस्रो स्थान प्राप्त गरिन् भने पुरुषतर्प प्रेम तामाङले पुम्सेमा दोस्रो स्थान प्राप्त गर्न सफल भएका तेक्वान्दोकी सिनियर प्रशिक्षक मिरा काफ्लेले जानकारी गराईन् ।
सो अवसरमा पदक बिजेता विद्यार्थीहरुसहित प्रशिक्षक मिरा काफ्लेलाई विद्यालयको तर्फबाट प्रमाणपत्रसहित खादा ओढाएर सम्मान गरिएको थियो । विद्यार्थीहरुलाई सम्मान पछि विद्यालयले खेलाडीहरुको खेलकुदको विकासका लागि थप कार्यक्रमहरु सञ्चालन गरिने बताएका थिए ।
त्यस्तैं, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक बिजेता खेलाडीहरु र सहभागि खेलाडीहरुलाई सगरमाथा तेक्वान्दो डोजाङका अध्यक्ष तथा संविधानसभा सदस्य कांग्रेस नेत्री महेन्द्रकुमारी लिम्बूले धन्यवाद सहित बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
