झापा, २८ माघ–दमक–६ पुरानो सब्जी लाईनबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ७० क्याप्सुल र स्पास्पेन ८० क्याप्सुल सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ईलाम चुलाचुली गाउँपालिका-१ घर भई दमक नगरपालिका-५ बस्ने २५ वर्षीय रोहित राई र दमक नगरपालिका९७ बस्ने ३० वर्षीय राजेश राई रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी झापा, दमक नगरपालिका–८ बाट ट्रामाडोल ९० क्याप्सुल, स्पास्पेन ७० क्याप्सुल र स्पास्मो ६० क्याप्सुल सहित दमक नगरपालिका-८ बस्ने २५ वर्षीय प्रतिक श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *