दमक, २८ माघ । इलाका प्रहरी कार्यालय दमकको नेतृत्व गर्दै आउनुभएका प्रहरी नायव उपरिक्षक (डिएसपी) रामप्रसाद तिम्सिनालाई आज दमकका उद्यमी तथा व्यवसायीहरुले स्वागत गरेका छन् । दमकको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न डिएसपी तिम्सिना पाँच दिन अघि मात्रै इलाका प्रहरी कार्यालय दमक आइपुगेका हुन् ।
डिएसपी तिम्सिनालाई सोमबार दमक उद्योग वाणिज्य संघले खादा तगा माला ओढाएर स्वागत गरिएको हो । दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल (देबीप्रसाद) गुरागाईको अध्यक्षतामा भएको कार्यक्रममा डिएसपी तिम्सिनालाई स्वागत पछि नेपाल–भारत मैत्री संघ दमक शाखाको अध्यक्ष दिनेश अग्रवाललाई संघले सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, लेखा समितिका संयोजक नेत्रप्रसाद चौलागाई, सल्लाहकार समिमितका संयोजक राजकुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।
सो अवसरमा दमकका उद्यमी तथा व्यवसायीहरुले शान्ति–सुरक्षाको मागलाई थप प्रत्याभूत हुने गरि सुरक्षाको व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, प्रथम उपाध्यक्ष राजकुमार योङया, दुतिया उपाध्यक्ष रुवल अधिकारी, संघका सदस्य कमल कटुवाल, पूर्व सदस्य चन्द्र खत्री, दमक जेसीजका महासचिव राजेन्द्र बिमली, जीवन चक्र समाज नेपालका सचिव गणेश प्रधान लगायतको उपस्थिती थियो ।
