दमक, २८ माघ–नेकपा (माओवादीवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) दमक आउने भएका छन् ।
यही फागुन ३ गते हुने माओवादीवादी केन्द्र पार्टीको दोश्रो नगर सम्मेलनको सहभागि हुन उनी दमक आउने निश्चित भएको हो ।
अधिवेशन उद्घाटन पूर्व दमकको मुख्य चोकमा पार्टीले आयोजना गर्ने सभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको नगर अध्यक्ष रवि बस्नेतले जानकारी दिए ।
सो कार्यक्रममा दमक नगरभित्रका विभिन्न वडाहरुबाट उल्लेखीय रुपमा कार्यकर्ता तथा शुभेच्छुकहरुलाई सहभागि गराउने गरि ब्यवस्था मिलाइएको उनले जानकारी दिए ।
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा अध्यक्ष प्रचण्डको उपस्थितिले राजनीतिक क्षेत्रमा नयाँ तरङ्ग आउने अपेक्षा गरिएको जिल्ला इन्चार्ज रञ्जित तामाङ्ग बताउँछन् ।
सो कार्यक्रममा नेकपा( एमाले), नेपाली काँग्रेस, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी दमक र आसपासका पालिकाबाट १५ सयबढी माओवादीमा प्रवेश गर्ने तथा उनीहरुलाई स्वम पार्टी अध्यक्ष प्रचण्डले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
सोही कार्यक्रममा पार्टीका ज्येष्ठ नागरिकहरुलाई अध्यक्ष प्रचण्डले अभिनन्दन गर्ने कार्यक्रम तय भएको दमक नगर इन्चार्ज बेदु गौतमले जानकारी दिए ।
प्रचण्ड आउने कार्यक्रमको सुरक्षा ब्यवस्थामा वाइसीएल नेपालका पाँच सय वढी कार्यकर्ता परिचालन गरिने भएको छ ।

