राजविराज, २९ माघ–जनता समाजवादी पार्टी (जसपा) सप्तरी जिल्लाका नेता रामधन राय नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको छ।

सप्तरीको राजविराजमा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाले नेता रामधन रायलाई स्वागत गर्नुभएको हो।

पार्टी प्रवेश कार्यक्रममा एकीकृत समाजवादी पार्टीका सम्मामनित नेता तथा पूर्वप्रधानमन्त्री खनालले नेता रायलाई खादा र फूल ओढाएर स्वागत गर्नुभएको हो ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका–१ निवासी राय जनता समाजवादी पार्टी (जसपा) बाट सोही वडाको वडा अध्यक्षमा प्रत्यासी उम्मेदवार रहनु भएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *