दमक, १ फागुन–झापाको कमल गाउँपालिका वडा नम्बर २ क्याम्पास्थित कमल नगर अस्पताल दोश्रो वर्षमा प्रवेश गरेको छ ।

दुईवर्ष अघि (२०७९ साल फागुन १ गते) आजैको दिन स्थापाना भएको सो अस्पतालले आफ्नो बार्षिकोत्सवमा स्थानीय गाउँवासीलाई लक्षित गरेर निःशूल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

अस्पताल परिसरमा आज (बिहिबार) बिहान एक कार्यक्रमबीच निःशुल्क स्वास्थ्य शिविरको समुद्घाटन गरिएको छ । गाउँपालिका प्रमुख हुकुमसिंह राईले सो शिविरको उद्घाटन गर्नुभएको हो । शिविरमा विशेषज्ञ डाक्टरहरुको सेवासहित बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको अस्पतालका प्रमुख दीपक दाहालले जानकारी दिनुभएको छ ।

उद्घाटनको अवसरमा गाउँपालिका प्रमुख राईले कमल नगर अस्पताललाई प्राविधिक उपकरणहरु समेत हस्तान्त्रण गर्नुभएको छ । प्रयोगशाला (ल्याव) सम्बन्धिका उपकरणहरु ल्याव शाखाकी प्राविधिक गीता न्यौपाने र अन्य उपकरण र सामाग्रीहरु अस्पतालका मेसु (डाक्टर) फुलकचन्द्र लावोतीलाई गाउँपालिकाका प्रमुख राईले हस्तान्त्रण गर्नुभएको हो ।

अस्पतालबाट बीमा मार्फत स्थानीय सेवाग्राहीहरुको स्वास्थ्य सेवा सञ्चालन भइरहेको छ । सो अस्पतालबाट नियमित स्वास्थ्य जाँचसहित गर्भवती महिलाहरुको नियमित स्वास्थ्य परिक्षण, प्रसुती सेवा, दन्त सेवा, मानसिक उपचारको सेवासहित ल्याव सम्बन्धिका सेवाहरु उपलब्ध भइरहेको अस्पतालका प्रमुख दाहालले जानकारी दिनुभएको छ ।

सो शिविरमा बिराटनगरस्थित विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल, दमकस्थित बिर्ताज्योति आँखा अस्पताल, दमकस्थित आमा डेन्टलले प्राविधिकसहितको सेवा उपलब्ध गराइएको अस्पतालका प्रमुख दीपक दाहालले बताउनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *