काठमाडौँ, १ फागुन–नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन्।

बिहीवार सम्पन्न पार्टीको प्रथम अधिवेशनबाट प्रतिस्पर्धी नेत्रप्रसाद चापागाईंलाई भारी मतान्तरले पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचन समितिका अनुसार भट्टराईले ७६१ मत प्राप्त गर्दा चापागाईंले ७३ मतमात्रै पाएका छन्।

गत माघ २९ गते मतदान भएकोमा बिहीवार मतपरिणाम आएको हो। महाधिवेशनमा एक हजार ३२४ जना प्रतिनिधि सहभागी रहेकोमा जम्मा ८२६ मत खसेको थियो।

उपाध्यक्षमा ईश्वर रिजाल, टेकबहादुर बाठा मगर र उमेश साह निर्वाचित भएका छन्। साथै उपाध्यक्षमा मानुषी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भए। त्यसैगरी महासचिवमा सोनामसिंह स्याङतान, सचिवमा आशाकुमारी तामाङ, लक्ष्मी कार्की सन्देश र भरत दाहाल निर्वाचित भएका छन्।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूले आजै शपथ ग्रहण गरेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *