नारायणकाजी श्रेष्ठ

चितवन, २ फागुन–नेकपा (माओवादी केन्द्र) का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवाद रहेको बताएका छन् । चितवनमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

उनले पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या रहेको स्वीकार गर्दै त्यसलाई रुपान्तरण अभियानबाट हल गर्ने बताए । अहिले नै पार्टीभित्रको समस्या पुरै हल भइ नसकेको उनको भनाई छ । उनले माओवादीलाई बलियो पार्टी बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियालाई फड्कोमा पुर्‍याई छाड्ने उल्लेख गरे ।

अहिले नै पार्टीभित्रको समस्या पूरै हल भइनसकेको भन्दै श्रेष्ठले अध्यक्ष प्रचण्डले चालेका अभियानमा ब्रेक नलाग्ने सुनाए। प्रचण्डको नेतृत्वमा नै पार्टीलाई रुपान्तरण र पुनगर्ठन गर्न एकतावद्ध ढंगले अघि बढाउने उनको भनाइ थियो ।

श्रेष्ठले सरकारको गतिविधि सवैलाई जगजाहेर भएको भन्दै सरकारको टिप्पणी गरेर शब्द खेर नफाल्ने बताए । भरतपुरको विकास क्रान्तिकारी ढंगले भएको भन्दै मेयर रेनु दाहालको प्रशंसा गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *