काठमाडौँ, २ फागुन–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी फागुन ३ देखि ५ गतेसम्म काठमाडौँमा सम्पन्न हुने भएको छ।

अधिवेशनमा सङ्गठनको सुदृढीकरण, समसामयिक विषयवस्तु, भावी कार्यदिशासहित आर्थिक, साङ्गठनिक तथा कार्ययोजनासम्बन्धी छलफल गरिने सो पार्टीले जनाएको छ। बागमती प्रदेशका १३ जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ।

महँगी नियन्त्रण, बेरोजगारी समस्या, राष्ट्रिय स्वाधिनता, आर्थिक समृद्धि, सुशासन कायम गर्ने, आर्थिक मन्दी जस्ता विषयमा छलफल गरिने कमिटी अध्यक्ष एवं पार्टी केन्द्रीय सचिव सावित्रा भुसालले जानकारी दिनुभएको छ।

पार्टीले दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादको दिशामा अघि बढौँ भन्ने अधिवेशनको मूल नारा तय गरेको छ। पार्टीले कर्णाली र गण्डकी प्रदेशको अधिवेशन सम्पन्न गरिसकेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *