राजेन्द्र पाण्डे

काठमाडौँ, ५ फागुन–नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष तथा मोर्चा फाँट प्रमुख राजेन्द्रप्रसाद पाण्डेले समाजवादी प्रेस संगठनका स्थापक नेताहरुको प्रशंसा गर्नुभएको छ। साथै पाण्डेले पत्रकारहरु निराशालाई चिर्ने र सकारात्मक सन्देश प्रवाह गर्न सक्ने शक्तिका लिने गरेको बताउनु भएको छ।

आइतबार समाजवादी प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा बोल्दै पाण्डेले पत्रकारीताका धरोहर अभिभावक शम्भु श्रेष्ठ र किशोर श्रेष्ठ रहेको भन्दै प्रशंसा गर्नुभएको हो।

उहाँले तत्कालीन विषय मिडियाले नै उठाउने हो भन्दै समाजवादी प्रेसका साथीहरू दक्ष र सक्षम रहेको बताउनु भएको छ। आन्दोलनको समयमा निराशाको वातावरण सिर्जना भए पनि इस्युलाई उठान गर्ने विषयले समाजलाई अगाडि बढाउन पत्रकारले महत्त्वपूर्ण भूमिका खेल्ने स्विकार गर्नुभयो।

पत्रकारहरुले एकीकृत समाजवादी पार्टीको सबै गतिविधि र पार्टीका अन्य कमिटीका अधिवेशनमा मिडियाले भूमिका खेल्ने आशा गर्नुभएको छ। पार्टीले भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा आन्दोलनमा गर्ने तयारी गरीरहेकाले आन्दोलनलाई मिडियाले नै माथि उठाउन सहयोग गर्ने आशा व्यक्त गर्नुभएको छ।

वरिष्ठ उपाध्यक्ष पाण्डेले समाजवादी पत्रकारहरुले विज्ञान, प्रविधि र युवा जोशलाई सदुपयोग गर्दै अगाडि बढन आग्रह गर्नुका साथै संकटको समयमा सतिसाल झै उभिएर काम गरेको संगठनले आगामी दिनमा पनि विचलित नभइ कामगर्ने विश्वास गर्नुभएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *