नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल

काठमाडौँ, ५ फागुन–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले नेपाली कांग्रेसको बुई चढेर हिँड्न बाध्य भएको बताउनु भएको छ।

आइतबार समाजवादी प्रेस संगठन, नेपालको दोस्रो राष्टिय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। खनालले एमालेको मुख्य प्रतिद्वन्द्वी कांग्रेस भएपनि उसकै बुई चढेर हिँडिरहेको बताउनु भयो।

उहाँले विगतमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले पनि त्यही गल्ती गरेको भन्दै अब त्यस्तो गर्न नहुने बताउनुभयो। उहाले क्रान्तिकारी बाटो र अडान लिएर एकीकृत समाजवादी अगाडि बढ्न जरुरी रहेको सुझाव दिनुभयो।

सम्मानित नेता खनालले अगाडि भन्नुभयो,‘अहिले नेकपा एमालेको नेतृत्वलाई हेर्नुस् त। एमालेको आखिर मुख्य प्रतिद्वन्द्वी को होरु कांग्रेस नै हो। तर, कांग्रेसको बुईमा चढेर हिँड्न बाध्य छ।’ खनालले संगठन निर्माण गर्नेकुरालाई ध्यान दिन नसके संघर्षका कुरा अघि बढाउन अप्ठ्यारो हुनेमा जोड दिनुभयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *