दमक, ६ फागुन–झापाको दमक क्षेत्रकै पुरानो निजी शैक्षिक संस्था चुलाचुली अंग्रेजी बोर्डिङ स्कूलले अन्तर सदनात्मक छात्र–छात्रा बाँस्केटबल प्रतियोगिता सम्पन्न गरेको छ ।
दमक–१ फाल्गुनन्द चौकस्थित चुलाचुली अंग्रेजी माध्यमिक विद्यालयले माघ ३० देखि बाँस्केटबल प्रतियोगिताको सञ्चालन गरेको हो । सो प्रतियोगिताको फाइनल खेल आज (सोमबार) सम्पन्न भएको छ ।
फाइनलमा छात्रतर्फ प्रिजा राई र छात्रातर्फ क्यामेलिया सदन विजयी भएको छ । छात्रमा युनिश भट्टराई र छात्रामा अर्किड सदन उपविजेता बन्यो ।
उत्कृष्ठ खेलाडीमा प्रिजा राई सदनका बिक्रान्त सम्बाहाम्फे र क्यामेलियाकी दृष्टि सम्बाहाम्फे घोषित भइ पुरस्कृत भईन् ।
विद्यालयको प्राÿणमा सम्पन्न फाइनल प्रतियोगिताको कार्यक्रममा पूर्व राजदूत डाक्टर नोवलकिशोर राईको प्रमुख आतिथ्यता रहेको थियो ।
पुरस्कृत खेलाडीहरुलाई कार्यक्रममा प्रमुख अतिथि पूर्व राजदुत डा.राईसहित सो विद्यालयका संस्थापक निर्देशक मनोज साङपाङ राई, प्रिन्सिपल चन्द्रप्रकाश राईले पदक तथा प्रमाणपत्र वितरण प्रदान गरेका थिए ।
