काठमाडौँ, ६ फागुन–नेकपा (एकीकृत समजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि गरेको ज्यादतीविरुद्धमा लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध पर्दशन गरेको छ।
अनेरास्ववियूका नेताहरुले आइतबार राती भएको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन गर्दै प्रकृति लम्साललाई न्याय दिनुपर्ने नारासहित विरोध प्रदर्शन गरेका थिए ।
अनेरास्ववियूलगायत नेपालका विद्यार्थी संगठन सडकमै उत्रिएका छन्। भारतमा पनि त्यहाँका विद्यार्थी संगठनले प्रकृतिको न्यायका लागि विरोधका कार्यक्रम जारी राखेका छन्।
