काठमाडौं, ९ फागुन–नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक शुक्रबार शुरु हुँदैछ।

बैठक ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको भवनमा बिहान ११ बजे सुरु हुने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।

बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो बैठकले तय गरेका एजेण्डामा छलफल गर्ने कार्यसूची छ । अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत भएको अध्यादेश र समसामयिक प्रस्ताव बैठकमा प्रस्तुत हुनेछन्।

बैठक दुई दिन चल्ने एकीकृत समाजवादीले जनाएको छ। बिहीबार नैशुुरु हुने भनिएको बैठक पोलिटब्यूरो सदस्य विदुर सापकोटाको निधन भएपछि स्थगित गरिएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *