काठमाडौं, ९ फागुन–बजारमा अण्डाको मूल्य घटेको छ।

नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारबाट प्रतिक्रेट ३० देखि ३५ रूपैयाँका दरले अण्डाको मूल्य घटाएको हो।

‘हामीले बिहीबार बैठक बसेर आजबाट अण्डाको मूल्य घटाउने निर्णय गरेका थियौं, संघका अध्यक्ष विनोद पोखरेलले भने।

बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्।

मूल्य घटेसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट तीन सय ८५ रूपैयाँ पर्ने भएको छ।

यसअघि ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ थियो।

यो किसानले पाउने मूल्य हो।

उत्पादक तथा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले अहिले मूल्य घटाउन परेको उनले बताए।

‘उत्पादन धेरै भएर, किसानलाई फाइदा भएर मूल्य घटाएको होइन,’ उनले भने, ‘अस्वस्थ प्रतिस्पर्धा भएकाले मूल्य घटाउन परेको हो।’

उनले तुरून्तै अण्डाको मूल्य बढ्ने पनि जानकारी दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *