दमक, ९ फागुन–झापाको दमकमा पाठेघर तथा स्तन क्यान्सरको परिक्षपण सहित नाक, कान र घाँटी सम्बन्धि निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

दमक उद्योग बाणिज्य संघको आयोजना र बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा दमकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

आज (शुक्रबार) उद्योग वाणिज्य संघको कार्यलयमा आयोजना गरिएको शिविर सञ्चालन हुनु अघि क्यान्सर रोग, यसका लक्षण, उपचार र यसबारे सर्वसाधरणहरुमा संचतना जगाउने उदेश्यले अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रममा पूर्वाञ्चाल क्यान्सर अस्पतालका क्यान्सर रोग बिशेषज्ञ डा.आलोक ठाकुरले सहजिकरण गर्नुभएको थियो । डा. ठाकुरले क्यान्सर समयमै उपचार भएर निको हुने रोग भएको बताउनुभयो । डा.ठाकुरका अनुसार क्यान्सर अहिले भयाभयको अवस्थामा छ । दैनिक यसका पीडितहरु दिनानुदिन बढ्दो अवस्थामाा रहेको छ, डा.ठाकुरले भन्नुभयो ।

सो शिविरमा महिलाहरुमा हुनसक्ने पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि १ सय १२ जनाले लाभ लिएका छन् । त्यसैगरी, सोही शिविरमा नाक, कान, घाँटी सम्बन्धि ५२ जनाले सेवा लिएका छन् ।

संघका तृतिया उपाध्यक्ष रुवल अधिकारीले दमक उद्योग बाणिज्य संघ व्यापार र व्यवसाय मात्रै होइन, समाजसेवा पनि गर्ने शन्देश फैलाउनलाई निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गर्नुपरेको बताउनुभयो ।

शिविरमा पुर्वाञ्चल क्यान्सर अस्पतालका क्यान्सर रोग बिषेशज्ञ डा.आलोक ठाकुर, डा.कुशेस्वर शाह र डा.शर्मिला नेपालीले स्वास्थ्य जाँच गरेका थिए ।

सो कार्यक्रममा दमक उद्योग बाणिज्य संघ दमकमा अध्यक्ष गोपाल गुरागाई, नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका अध्यक्ष प्रकाश बुढाथोकी लगायतका दमकका उद्योगी तथा व्यवसायी नेताहरुको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *