दमक, १० फागुन–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले आज दमकमा ३८औं बार्षिकोत्सव धुमधामका साथ खुशियाली साटासाट र शुभकामना आदानप्रदान गरी मनाएको छ ।

३८औं बार्षिकोत्सवको अवसर पारेर नेशनल लाइफ इन्स्योन्स कम्पनी दमक शाखाले मानव उद्धार सेवा आश्रममा आश्रित आमा–बुबाहरुलाई बिहानको भोजन गराउनुका साथैं आश्रमलाई आर्थिक सहयोग गरेको छ । सोहीबीच, नेशनल लाइफ ३८औं वर्षमा गरेको खुशियालीमा केक समेट काटिएको थियो । सो केक, आश्रमका जेष्ठ आमा–बुबाहरुले काट्नुभएको थियो ।

शनिबार, दमक–२ खरखरेस्थित मानव उद्धार सेवा आश्रमको प्राङ्गणमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरेर त्यहाँ आश्रित ३१ जना आमा–बुबाहरुलाई बिहानीको भोजन गराइएको हो । मानव उद्धार सेवा आश्रम र नेशनल लाइफ इन्स्योरेन्स कंम्पनीबीचको सहकार्यमा आमा–बुबाहरुलाई विहानीको भोजनसहित खीर, दुध, दहि, फलफुल खुवाइएको हो ।

सोही कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्स कंम्पनी दमक शाखा, कर्मचारीहरु र बीमाकर्ताहरुले मानव उद्धार सेवा आश्रमलाई १६ हजार २ सय ३० रँपैया सहयोग हस्तान्त्रण गरेको छ । सो सहयोग कम्पनीका बजार उप–प्रवन्धक तथा दमक शाखा प्रमुख राईसहित कर्मचारीहरु र बीमाकर्ताहरुले संयुक्त रुपमा आश्रमका अध्यक्ष सुमन श्रेष्ठ र अभियान्ता अम्रिता खड्कालाई हस्तान्त्रण गरिएको हो ।

कम्पनीका बजार उप–प्रबन्धक समेत रहनुभएका दमक शाखा कार्यालय प्रमुख सुमन थुलुङ राईले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बर्षिकोत्सवको अवसरमा प्रवित्र मनसहित सामाजिक र परोपकार सेवाप्रति समर्पितहुँदै कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

शाखा प्रमुख राईका अनुसार नेशनल लाइफ इन्स्योरेन्स आजदेखि ३८ औं बर्षमा प्रवेश गरेको बताउनुभयो । वहाँले, नेपालमा जीवन बीमा कम्पनीहरुबीच नेशनल लाइफ इन्स्योरेन्सक कंम्पनी सवै भन्दा पुरानो र लोकप्रिय वीमा कम्पनी भएको जानकारी गराउनुभयो ।

कार्यक्रममा शाखा प्रमुख राईले आफु कार्यरत कार्यालय र व्यापार–व्यवसायसंगै सामाजिक सेवातर्फ अग्रसर हुन कर्मचारी र अभिकर्ताहरुलाई आग्रह गर्नुभयो ।

त्यस्तैं, आश्रमका अध्यक्ष सुमन श्रेष्ठले मानव उद्धार सेवा आश्रम स्थापना र संस्थागत गतिविधिहरु बारे प्रष्ट पार्नुभएको थियो । वहाँले आश्रममा कस्ता कस्ता मानवको उद्धार गरिएको बताउनुहुँदै आश्रममा आश्रित आमाबुबाहरुको हेरचार, स्वास्थ्य, खानपान, पारिवारिक पुर्नमिलन लगायतका बारेमा समेत प्रष्ट बनाउनुभएको थियो ।

कार्यक्रममा दमक शाखाका कर्मचारीहरु खेमराज पौडेल, सम्झाना साँवा, अस्मिता चापागाई बाँस्कोटा, बलदीप लामा र मिना खुलालसहित टिकाप्रसाद खरेल, युवराज दंगाल, अर्जुन राई, ध्रुबकुमार अधिकारी, नन्दबहादुर लिम्बू, अनिमा तामाङ लगायतको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *