एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ, ११ फागुन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताउनु भएको छ।

जारी दोस्रो केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले पार्टी एकताबारे कुप्रचारको भ्रममा नपर्न आग्रह समेत गर्नुभएको छ।

केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपमहासचिव बर्षमान पुनले एकीकृत समाजवादीसँग चाँडै एकता हुने बताउनुभएको थियो। त्यसको जवाफ दिँदै अध्यक्ष नेपालले भन्नुभयो, ‘हाम्रो पार्टीसँग जोडेर अनेक प्रचार आउने गरेका छन्, कहिले पार्टी एमालेसँग मिल्ने भयो भनेर, कहिले माओवादीसँग मिल्न जाने भयो भनेर,’ अध्यक्ष नेपालले भने, ‘यस्ता कुप्रचार भइरहेका छन्, कुनै पनि कुप्रचारको भ्रममा पर्नुपर्ने आवश्यकता छैन।’

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष नेपाल आफ्नो पार्टीलाई बलियो बनाएर लैजाने भन्दै पार्टी सशक्त बनाउन सकेमात्र क्रान्तिकारी धारको बलियो शक्ति बन्ने बताउनुभयो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *