धरमपुर, ११ फागुन–यहाँको शुक्रबारे बजारमा सञ्चालित जनता बचत तथा ऋण सहकारी संस्थाले आज चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

आइतबार, शिबसताक्षी–१ धरमपुरस्थित शुक्रबारे बजारमा आयोजित चौथो बार्षिक साधारणसभामा उत्कृष्ट कारोबार गर्ने १० जना सदस्यहरुलाई नगदसहित सम्मानपत्रले सम्मान गरिएको छ ।

यसरी सम्मान हुनेहरुमा जनता बाल बचततर्फ श्यारोन लकान्द्री, मिक्सा रसाइली र युरिका राई छन् । त्यस्तैं, बचतर्फ यामबहादुर थापा, नारायण डाँगी, पुष्प पन्धाक र बिष्णुमाया तामाङ छन् भने असल ऋणीहरु तर्फ सोममाया राई, देबीमाया खुलाल र रोजिना घिमिरे छन् ।

उनीहरुलाई बार्षिक साधारणसभाका प्रमुख अतिथि शिबसताक्षी–१ का वडा सदस्य पूर्णजङ चेम्जोङ लगायत सहकारी संस्थाका सञ्चालक, कर्मचारी र अतिथिहरुले प्रमाणपत्रसहित खादा ओढाएर सम्मान गरेका थिए ।

सो अवसरमा संस्थाका सचिव समेत रहनुभएका शुक्रबारे बजारका युवा व्यवसयी आशिष घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

संस्थाका अध्यक्ष वीरेन लकान्द्रीको अध्यक्षता र शिबसताक्षी–१ वडा सदस्य पूर्णजङ चेम्जोङको प्रमुख आतिथ्ययतमा बार्षिक साधारणसभा सम्पन्न भएको थियो । बार्षिक साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथि वडा जनप्रतिनिधि चेम्जोङले सहकारी संस्थामा देखिएका समस्याहरुलाई समाधान गर्न सञ्चालक, विभिन्न उपसमिति, शेयर सदस्य र कर्मचारीहरुले विशेष भूमिका खेल्न आग्रह गनर््ुभयो ।

वहाँले सहकारी संस्था स्थापना गर्ने, जिम्मेवारीमा पनि रहेर काम गर्ने तर समस्या आएपछि बजार वा चौक बसेर अनेकौ समस्या र आरोप लगाउने काम छोड्नुहोस, यहाँहरु जिम्मेवार हुनुपर्छ र सहकारी संस्थाभित्रै समस्या मिलाउन सुझाव दिनुभयो ।

वडा सदस्य चेम्जोङले जनता बचत तथा ऋण सहकारी संस्था शिबसताक्षी नगरभित्रकै उत्कृष्ट सहकारी संस्थाको रुपमा स्थापित गर्न सञ्चालक समिति, कर्मचारी र शेयर सदस्यहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यस्तैं, स्थानीयवासी, बुद्धिजीवि चन्द्रवीर नेम्बाङले सहकारी संस्था स्थापना गर्न सहजभएपनि न्यसलाई सहकारी बिधि र कानून बमोजिम सञ्चालन गर्न निकै कठिन हुने बताउनुभयो । सहकारी संस्था सञ्चालन गर्न सजिलो छैन, नेम्बाङले भने–चुनौती छ, व्यवहारिक हिसावले निकै मिहेनत र लगनशिलता आवश्यक छ ।

उद्घाटन समारोहमा मंगलबारे बजार व्यवस्थापन समितिका अध्यक्ष राजु दर्नाल, धरमपुरका सामाजिक अगुवा दुर्गा नेम्बाङ, गोपीकृष्ण पोख्रेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सुनचाँदी व्यवसायी मोहन सेन्चुउरीले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *