काठमाण्डौं, १७ फागुन–अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट(जर्मेन (पीएसजी) मा दुई वर्ष बिताउँदा धेरै रमाइलो नगरेको बताएका छन् ।

एप्पल म्युजिकका जेन लोवसँगको अन्तर्वार्तामा इन्टर मियामीका स्टार खेलाडी मेस्सीले पीएसजीमा दुई वर्षको अवधि आफूले धेरै रमाइलो नगरेको बताएका हुन् ।

मेस्सीले भनेका छन्, ‘इन्टर मियामीमा आउनु एक अवसर थियो । पेरिसमा बिताएका दुई वर्ष, विशेषगरी बार्सिलोनाबाट हतारमै जानुपरेको अवस्थामा म त्यहाँ रमाउन सकिनँ ।’

मेस्सीले पीएसजीमा सहज महसुस नगरेकैले आफूले इन्टर मियामीलाई रोजेको बताए । ‘म पीएसजीमा खुसी थिइनँ । प्रशिक्षण, खेल सबै कुरा कठिन थियो । त्यसैले इन्टर मियामीमा जान मलाई प्रेरणा मिल्यो,’ उनले भने ।

मेस्सीले पीएसजीका समर्थकहरूसँग आफ्नो सम्बन्ध बिग्रिएको बताएका थिए । ३७ वर्षीय अर्जेन्टिनी स्टार मेस्सी सन् २०२१ मा बार्सिलोनाबाट पीएसजी गएका थिए ।

पीएसजीको दुई वर्षको बसाइमा मेस्सीले ७६ खेलमा ३२ गोल गर्दै ३५ असिस्ट दिएका थिए । मेस्सीले इन्टर मियामी र एमएलएसलाई अझै माथि पुर्‍याउन चाहेको बताएका छन् । इन्टर मियामीका लागि उनले अहिलेसम्म ४२ खेलमा ३६ गोल र २० असिस्ट प्रदान गरेका छन् ।

फिफा क्लब विश्वकपको पनि चर्चा गर्दै मेससीले भनेका छन्, ‘यो क्लबका लागि धेरै महत्त्वपूर्ण छ । अमेरिकामा पहिलोपटक क्लब विश्वकप हुँदै छ र एमएलएसबाट दुई टिमको सहभागिता हुनु अद्‌भूत कुरा हो ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *