दमक, २१ फागुन–कमल नगर अस्पतालमा मानसिक रोग विशेषज्ञ डाक्टरको सेवा सञ्चालमा आएको छ । असोज १६ गतेबाट कमल–२ क्याम्पास्थित कमल नगर अस्पतालले मानसिक रोग विशेषज्ञसहित डाक्टरको सेवा सञ्चालनमा ल्याएको हो ।
प्रत्येक महिनाको तेस्रो बुधबार कमल नगर अस्पतालमा उपलब्ध हुने मानसिक रोग सम्बन्धिको विशेषज्ञ डाक्टरको सेवा लिने सेवाग्राहीको बढ्दै गएको छ । अस्पतालका प्रमुख दीपक दाहालका अनुसार मानसिक रोगसम्बन्धि जाँच गर्न बिर्तामोड, विराटनगर र धरानसम्म जानुपर्ने बाध्यतालाई कमल नगर अस्पतालले सामाधान गर्न प्रयास गरिरहको छ । अस्पतालका प्रमुख दाहालले आज (बुधबार) २९ जना सेवाग्राहीले मानसुक रोगसम्बन्धि स्वास्थ्य परिक्षण, जाँच र परामर्श सेवा लिएका बताउनुभयो ।
कमल नगर अस्पताल संचालन व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले कमलवासीको पहिलो प्राँथमिकतामा स्वास्थ्य र शिक्षालाई राखिएको र त्यसलाई पुरा गर्न गाउँपालिकाको तर्फबाट आवश्यक तयारी, योजना र सेवा विस्तारलाई अघि बढाइएको बताउनुभयो ।
गाउँपालिका प्रमुख तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष राईले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीहरूले टाढा जानु पर्ने बाध्यता सामाधान भएको जानकारी दिनुभयो । राईका अनुसार स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउन सक्नु कमल नगर अस्पतालको ठूलो उपलब्धि हो। यसले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्ने लक्ष्यलाई समेत टेवा पुर्याएको छ।
कमल २ का वडा अध्यक्ष तथा अस्पताल संचालन व्यवस्थापन समितिका सदस्य अशोक सुब्बाले पनि यस सेवाले कमलबासी तथा छिमेकी पालिकाका नागरिकहरूलाई ठूलो राहत मिलेको बताउनुभयो। आफ्नो वडामा उदाहरिर्णय र रचनात्मक अभियानहरु सञ्चालन गरिरहेका वडाध्यक्ष सुब्बाले कमm नगर अस्पतालबाट मानसिक रोग सम्बन्धि जाँच सुरुवात गरेपछि मानसिक स्वास्थ्यप्रति चासो र सचेतना बढेको बताउनुभयो ।
कमल नगर अस्पतालले आगामी दिनमा मानसिक स्वास्थ्यका साथै अन्य विशेष सेवाहरू पनि थप गर्ने योजना बनाएको छ। अस्पताल प्रशासनले उपचारको गुणस्तर र पहुँच दुवैलाई ध्यानमा राखेर सेवा विस्तार गर्ने तयारी गरिरहेको अस्पताल प्रमुख दाहाल ले जानकारी दिए ।
स्थानीय बासिन्दाहरूले पनि यस्तो सेवा निरन्तर जारी रहोस् र थप सुधार होस् भन्ने अपेक्षा गरेका छन्। मानसिक स्वास्थ्यजस्तो संवेदनशील विषयमा स्थानीय स्तरमै विशेषज्ञ सेवाको उपलब्धता हुनु कमल नगर अस्पतालको लागि मात्र नभई सम्पूर्ण कमल गाउँपालिकाकै लागि गर्वको कुरा हो।
यसले मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिहरूले समयमै सही परामर्श र उपचार पाउने वातावरण सुनिश्चित गरेको छ। यस्तो सकारात्मक पहलले स्वास्थ्य सेवामा जनताको विश्वास अझ गाढा हुने अपेक्षा गरिएको छ।
