काठमाडौं, २१ फागुन–सरकारले ‘झापा विद्रोह’का पाँच सहिदको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ।

तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसका दिन हुलाक सेवा बिभागले पाँच सहिदको सम्मानमा प्रकाशन गरेको हुलाक टिकहरुको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेको हो। उनीहरूलाई सुखानी भन्ने स्थानमा तत्कालीन शासकहरूले हत्या गरेका थिए।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हुलाक टिकटमा प्रथम दिवसीय टाँचा लगाएका थिए।

सो क्रममा सभामुख घिमिरेले मुलुकको परिवर्तनका लागि योगदान दिएका सहिदको सपना पुरा गर्न सवै गम्भीर हुनुपर्ने धारणा राखे। जनताको मुक्तिका लागि जीवन अर्पण गर्ने धेरै सहिदभित्र पाँच जना सहिदहरुको हुलाक टिकट प्रकाशन हुनु निकै महत्वपूर्ण भएको उनले बताए।

‘झापा विद्रोह’का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई इलाम जेल सार्ने निहुँमा वि।सं २०२९ फागुन २१ गते झापा र इलामको सीमानास्थित सुखानीको जंगलमा तत्कालीन पञ्चायती शासकले गोली हानी हत्या गरेका थिए।

सरकारले सुखानीमा जीवनको आहुती दिएका झापा विद्रोहका पाँच योद्धालाई वि।सं २०७२ फागुन १९ गते राष्ट्रिय सहिदको रुपमा घोषणा गरेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *