काठमाडौं, २८ फागुन–स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तालिका अनुसार बुधबार उम्मेदवारको दाबी विरोध तथा अन्तिम नामावली प्रकाशन गरिँदैछ।

मंगलबार प्रत्यक्ष र समानुपातिक दुवै तर्फको दर्ता भएको उम्मेदवारको आज दाबी विरोध गर्ने समय दिउँसो ४ बजे सम्म तोकिएको छ। त्यसपछि बेलुकी ५ बजे उम्मेदवारको दाबी विरोधउपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ।

मंगलबार अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता भएको त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ । निर्दैशनालयका निर्देशक पशुपति अधिकारीले अधिकांश आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा मनोनयन दर्ता भएको जानकारी दिए।

काठमाडौँ उपत्यकाका शंकरदेव, विश्वभाषा, नेपाल ल, पब्लिक युथ, ग्रामीण आदर्श बहुमुखी, पिपुल्स, पद्यकन्या बहुमुखी क्याम्पसमा भने विवादका कारणले मनोनयन दर्ता नभएको उनले बताए।

त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको प्रचारप्रसारका लागि फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि समय तोकेको छ ।

निर्वाचन चैत ५ गते हुँदैछ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *